पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

प्रगतिशील नेपाली समाज समितिद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २५ गते, बिहीबार ०३:४६

काठमाडौं ।प्रगतिशील नेपाली समाज समिति (भारत) ले भारतमा बसोबास गरिरहेका नेपालीलाई निःशुल्क शिक्षा, स्वास्थ्यलगायतका सेवासुविधा उपलब्ध हुनुपर्ने भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।

प्रगतिशील नेपाली समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, अलइन्डिया तिनितेक्वान्दो हेड कोच प्रकाश जैगडी पत्रकार प्रभाकार ढगेले प्रधानमन्त्रीलाई भेटेर भारतमा रहेका नेपालीका विभिन्न समस्याबारे १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

भारतमा रहेका नेपालीलाई निःशुल्क शिक्षा, स्वास्थ्यलगायत निःशुल्क आवास, रोजगार, उद्योग बन्दव्यापार, आधार कार्ड व्यवस्था हुनुपर्ने उनीहरूको माग छ।

भारतको राज्य गोवा र काठमाडौंबीच हवाई सेवा र पर्यटन व्यवसाय गर्न सम्झौता हुनुपर्ने उनीहरूको सुझाव छ। भारतमा बस्ने नेपालीलाई पर्यटन प्रवर्द्धन दूतको रूपमा नेपाल सरकारले नियुक्ति दिनुपर्ने उनीहरूको माग छ।

ज्ञापनपत्रमा नेपाली ड्राइभर लाइसेन्स भारतमा पनि मान्यता पाउनुपर्ने पहल गर्न पनि भनिएको छ। नेपाली नम्बर प्लेट भएको गाडी सजिलैसँग आवतजावत गर्न पाउने व्यवस्था मिलाउन र भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई अध्ययनपछि रोजगारीको ग्यारेन्टी गर्न समेत ज्ञापन पत्रमा भनिएको छ।

यसका साथै भारतमा बस्ने नेपालीका लागि छुट्टै नेपाली विषय पढाइ हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले पहल गरिदिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु