पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

सरकारलाई बाबुरामले भने- सबै क्षेत्रमा प्रतिबन्ध गरेपछि जनताले कहाँ गएर आफ्ना माग सुनाउने ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २५ गते, बिहीबार ०३:५२

काठमाडौं। नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले काठमाडौंका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषण तथा प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएका छन् ।
डा.भट्टराईले सामाजिक संजालमा एक पोस्ट गर्दै लेखेका छन्, ´बालुवाटारमा प्रतिबन्ध ! सिंहदरबारमा प्रतिबन्ध ! बानेश्वरमा प्रतिबन्ध ! माइतिघरमा प्रतिबन्ध ! शान्तिबाटिकामा प्रतिबन्ध ! ……जताततै प्रतिबन्ध?`
जनताले आफ्ना माग सरकारलाई कहाँ गएर सुनाउने भन्दै डा.भट्टराईले जंगल कि खोलानाला भन्दै प्रश्न गरेका छन् । उनको प्रश्न छ, ´जनताले अब कहाँ गएर सरकारको ध्यानाकर्षण गर्ने त? अनकंटार जंगलमा ? कि खोलानालामा ?`
´यही हो जनतामा निहित सार्वभौमसत्ता? उन्नत लोकतन्त्रमा जनताको निरन्तर निगरानी र खबरदारी अनिवार्य हुन्छ हैन र?
अनि किन सार्वजनिक विरोधमाथि निरन्तर संकुचन/अंकुश?` बाबुरामले थप प्रश्न गरे ।
जनता सडकमा उर्लेर नै लोकतन्त्र र गणतन्त्र स्थापना भएको भन्दै डा.भट्टराईले फेरि जनता सडकमा उर्लन सक्छन् भन्ने सत्ताधारीहरूलाई हेक्का रहनुपर्ने उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु