दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौंमा स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २७ गते, शनिबार ७:४७

काठमाडौं, २७ माघ । काठमाडौंको बुढानीलकण्ठ–११ कपनमा स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्ट्रेन्थलिफ्टिङ्ग संघ, काठमाडौंले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता आगामी फागुन २५ र २६ गते आयोजना गरिएको छ ।

स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिताको उद्देश्य बढीभन्दा बढी राष्ट्रिय खेलाडी तयार गर्नु रहेको स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका सचिव मानबहादुर पहरीले बताए । उक्त प्रतियोगिताको अनुमानित लागत १५ लाख रहेको बताइएको छ । उक्त लागतमध्ये १० लाख खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप वितरण गरिने बताइएको छ । साथै, काठमाडौंभन्दा बाहिरबाट सहभागी हुने खेलाडीको लागि दुई दिनका लागि खाने, बस्ने व्यवस्थासमेत गरिएको छ ।

स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका अध्यक्ष सन्दीप केसीले प्रतियोगिताको उद्देश्य खेलाडीलाई अगाडि बढाउनु रहेको बताए । नेपाल सरकारले खेलाडीहरुको हितका लागि केही गर्न नसकेको खण्डमा आफूहरुले खेलाडीको हक हितमा प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

यो खेल जिमसँग सम्बन्धित खेल हो । उक्त प्रतियोगिता महिला, पुरुष गरी चार सयभन्दा बढी खेलाडीहरु सहभागी हुने आयोजकले बताएको छ ।

कार्यक्रममा स्ट्रेन्थ लिफ्टिङ्ग अन्तर्राष्ट्रिय संघका सदस्य जीवन गिरी, स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंकी उपाध्यक्ष बन्धना थापा, खेलाडी केदारमान स्थापितलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु