दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनप्याब्सन खेलकुद सप्ताहको बास्केटबलमा ग्रिनफिल्ड च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २७ गते, शनिबार ७:५६

काठमाडौं, माघ २६ गते ।ग्रिनफिल्ड नेसनल स्कुलले एनप्याब्सन खेलकुद सप्ताहको अन्तिम दिन शुक्रबार ब्वाइज बास्केबटबलको उपाधि जितेको छ ।
शंखमूलस्थित नेरिक एकेडेमीमा भएको फाइनलमा ग्रिनफिल्डले बोधीसदनलाई ३१–१६ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा अर्जुन बस्नेतले १८ अंक योगदान गरे । सुजल श्रेष्ठको १२ अंक सहयोगमा साइन मोडेलले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटलाई २३–१८ ले हराउदै तेश्रो भयो । १४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
एन प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहको बास्केटबल अन्तिम प्रतिस्पर्धा पनि हो । यसअघि टेबलटेनिस, एथलेटिक्स, ब्वाइज फुटसल र टग अफ वार सम्पन्न भएका थिए ।
टेबलटेनिसको ब्वाइज सिंगल्समा युनिभर्सलका निरेश गौतम तथा गल्र्स सिंगल्समा आरुणीकी इच्छा चापागाईंले स्वर्ण जितेका थिए । एथलेटिक्सको १ सय मिटर दौडको ब्वाइजमा महाकवी देवकोटाकी विक्रम विष्ट र गल्र्समा माउन्ट ग्लोरीकी पूजा विक, २ सय मिटर दौडको ब्वाइजमा वीरसेवाका अर्निक्स विक र गल्र्समा पिपुल्स एकेडेमीकी अन्जु थापा तथा सटपुटको ब्वाइजमा आरुणीका लक्ष्मण बस्नेत र गल्र्समा ज्ञानभूमिकी जिसिन्था राई पहिलो भएका थिए ।
टग अफ वारको ब्वाइज÷गल्र्स दुवैमा मिलन धर्मस्थली च्याम्पियन बनेको थियो । ब्वाइज फुटसलमा प्रशान्ती, भीमेश्वर एकेडेमी र ग्रिनविच एकेडेमी क्रमशः शीर्ष तीन स्थानमा रहे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक तथा अखिल नेपाल टेबलटेनिस संघका संयोजक चतुरानन्दराज वैद्य, एन प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु