ज्ञानाेदय स्कुल ज्यामिरकोटमा स्थानीय क्षेत्रको अवलोकन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २७ गते, शनिबार ०८:१९

माघ -२६, काभ्रे, पाँचखाल- २, अनेकोट – ज्ञानाेदय स्कुलले वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरु बिच विभिन्न क्रियाकलाप संचालन गर्ने गर्दछ । हरेक हप्ता शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तरगत हाजिरी जवाफ, सम्वाद लेखन, हिसाब दौड, हिसाब सुत्र संकलन प्रतियोगिता आदि गरिने गरिन्छ भने मासिक वा चौमासिक रुपमा वार्षिक कार्यक्रम अन्तरगत पिक्निक, अवलोकन भ्रमण र अन्य कार्यक्रम गरिने गरिन्छ । त्यसै अनुरुप स्थानीय पाठ्यक्रम “हाम्रो पाँचखाल” अन्तरगत रहि विद्यालयको सेवा क्षेत्र भित्र पर्ने “धनलक्ष्मी ईको पार्क देवीस्थान” मा क्षेत्र भ्रमण कार्यक्रम राखी अवलोकन गराइएको जानकारी विद्यालयका प्र.अ मेघनाथ अधिकारीले जानकारी गराए ।

आजभोलि विद्यार्थी स्थानीय कुराको जानकारीबाट अलि फर रहेकाले जानकारी गराउनको लागि यो अबलोकन भ्रमण कार्यक्रम गरिएको कुरा ब्यवस्थापन समितिका सदस्य सोकनाथ गौतमले जानकारी गराए ।

विद्यालयका शिक्षक माधब नेपालले अतिरिक्त क्रियाकलाप विद्यालयमा मात्र गर्दा त्यसमा विद्यार्थीहरुलाई सधैं उत्तिकै उत्साह नआउने हुँदा समय समयमा यसरी स्थानीय र बाहिय भ्रमण गराउँदा बालबालिकामा थप हौसला मिल्ने, स्थानीय मठमन्दिर, पार्क, वनजङ्गलको बारेमा जानकारी हुनुका साथै आफ्ना पुर्खाहरुले हिजो गरेको योगदानको पनि जानकारी हुने कुरा बताए ।

सोही कार्यक्रममा यस वर्षको शैक्षिक सत्रमा विद्यालयले आयोजना गरेका आन्तरिक खेलकुद कार्यक्रमा विभिन्न स्थान प्राप्त गर्ने विद्यार्थी भाइ-बहिनीहरूलाई पुरस्कार वितरण गर्ने कार्य पनि गरिएयो थियो । साथै सोहि अवसरमा वनभोज कार्यक्रमको पनि आयोजना गरिएको कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए । कार्यक्रम अत्यन्तै हर्षोल्लासका साथ सम्पन्न भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु