दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कबड्डी निर्णायक टोली इरानतर्फ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २८ गते, आईतवार १७:०१

अन्तर्राष्ट्रिय रेफ्री÷टेक्निकल अफिसियल कोर्समा सहभागी हुन ३ सदस्यीय कबड्डी निर्णायक टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ ।
फेब्रुअरी १२ देखि १६ तारिखसम्म हुने कोर्सको पुरुषमा कञ्चन्पुरका रमेशचन्द्र ओझा र सुनसरीका तरुण यादव तथा महिलामा झापाकी रेश्माकुमारी राजवंशी सहभागी हुने छन् । खुला छनोट विधिबाट उत्कृष्ट निर्णायक छनोट गरी कोर्समा सहभागी गराइएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकाशकुमार कुसारी, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापालगायतले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु