एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा

हिमोफिलिया भएका व्यक्तिहरूको समस्या प्रति गम्भिर हुन आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २८ गते, आईतवार १८:१५

भूमिकला पौडेल
हिमोफिलिया भएका व्यक्तिहरूका लागि अत्यन्तै आवश्यक तत्व फ्याक्टर तथा प्लाज्मा सहज रूपमा प्राप्त गर्न नसकेको कारणले प्रत्येक वर्ष धेरै हिमोफिलिया भएका व्यक्तिहरूले मृत्युवरण गर्न विवश हुनुपरेको छ । हिमोफिलिया सोसाइटी नेपालको ३० औं बार्षिक साधारण सभाको अवसरमा राजधानिमा आयोजित एक कार्यक्रममा सो कुरा बताइएको हो ।
सो कार्यक्रमलाई संवोधन गर्दै विभिन्न वक्ताहरूले अत्यन्तै सहज तथा सुलभ रूपमा हिमोफिलिया भएका व्यक्तिहरूका लागि आवश्यक तत्व फ्याक्टर तथा प्लाज्मा उपलव्ध गराउनका लागि सरकारसँग माग गरेका छन् ।
कार्यक्रमको प्रमुख अतिथीको रूपमा रहनु भएका राष्ट्रिय सभा सदस्य माननिय प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित होस भन्ने उद्धश्यले नै आफूले संकल्प प्रश्ताव पारित गरेको स्मरण गर्नुहुँदै यसका लागि सबै एकजुट भएर पहल गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहँुदै हिमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेले सोसाईटीको प्रत्येक वर्षको साधारण सभाको कार्यक्रम गर्दा हिमोफिलिया भएका व्यक्तिहरू कसै न कसैलाई गुमाएर श्रद्धान्जली दिनैपर्ने अवस्था रहेको पिडा व्यक्त गर्नु हुँदै हिमोफिलिया भएका व्यक्तिहरूलाई जीवन बचाइदिनका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले हिमोफिलियालाई सरकारले अपाङ्गताको वर्गिकरण भित्र राखिसकेको हुनाले हिमोफिलिया सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि पनि जोड दिनुभयो ।
कार्यक्रममा हिमोफिलिया सोसाइटी नेपालका बरिष्ठ उपाध्यक्ष प्रेम देवानले स्वागत मन्तव्य व्यक्त गर्नु भयो भने महासचिव रेशम रानाभाटले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा हिमोफिलियाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुहुँने व्यक्ति तथा संस्थाहरूलाई सम्मानित पनि गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु