सिम्पल सिम्पल कान्छी’ को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २९ गते, सोमबार ०७:२६

काठमाडौं । १५ वर्षअघि निर्माण भएको फिल्म ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ ।

जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हँुदाको रमाइलो पललाई वर्णन गरिएको गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर छ । शङ्कर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको संगीत एवम् एरेन्ज छ ।

गीतको भिडियोमा किरण केसी ‘रातामकै’, दीपाश्री निरौला, बाल कलाकारहरु रियान खड्का र प्रनिता रोकाया फिचर्ड छन् ।

माइकल चन्द निर्देशित भिडियोमा सौरभ लामाको छायाङ्कन, सियोब श्रेष्ठको नृत्य, सलिन लम्सालको सम्पादन, नन्दा अधिकारीको श्रृङ्गार र सरस्वती श्रेष्ठको केश विन्यास रहेको छ । भिडियो राजन श्रेष्ठको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु