सामाजिक लेखा परिक्षण सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १ गते, मंगलवार ०६:०७

भूमिकला पौडेल
नेपाल अपाङ्ग महिला संघको सामाजिक लेखा परिक्षण राजधानिमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । २०५४ साल देखि अपाङ्गता भएका महिला तथा बालिकाहरूको हकहित तथा अधिकारका लागि कार्यरत यस संस्थाबाट चौतिस जिल्लाका पच्चिस हजार अपाङ्गता भएका महिला तथा बालिकाहरूलाई लाभान्वित भएका छन् ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा संस्थाद्धारा सम्पन्न कार्यक्रमका सम्बन्धमा एक प्रश्तुतीकरण गर्नुहुँदै नेपाल अपाङ्ग महिला संघकी महासचिव देवकला पराजुलीले संस्थालाई अझ अगाडि वढाउनका लागि सबैको सुझाव महत्वपूर्ण हुने बताउनु भयो । त्यसैगरी संस्थाकी लेखा शाखाकी कर्मचारी तुलसा थापा मगरले बित्त तथा लेखा सम्बन्धी विवरण बारे प्रश्तुतीकरण गर्नुभयो ।
सो संस्थाको सामाजिक लेखा परिक्षणका लागि सहजिकरण गर्नु भएका श्रोत व्यक्ति लुभराज न्यौपाने संस्थाको समग्र पक्षका बारेमा सुपरिवेक्षण गर्दै आफ्नो सुझाव तथा सिफारिस सहितको एक प्रश्तुतीकरण गर्नुभयो ।
सो कार्यक्रममा नेपाल अपाङ्ग महिला संघलाई संस्थागत विकास लगायत अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका लागि सहकार्य गरिरहेको संस्था सिबिएम ग्लोबल डिसेबिलीटी इन्क्लुजनको तर्फबाट आफ्नो विचार राख्नुहुँदै परियोजना अधिकृत बिमल पौडेलले अबका दिनमा यस संस्थाले न्यून प्रतिनिधित्व भएका समुहहरूलाई केन्द्रित गरेर संस्थाका गतिविधिहरू सञ्चालन गर्नु आवश्यकता रहेको औंल्याउनुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहँुदै नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहालले सो सामाजिक लेखा परिक्षण कार्यक्रमबाट आएका सुझावहरूका लागि सहभागि वत्ताहरूलाई आभार व्यक्त गर्नुहुँदै संस्थाले आगामी दिनमा उक्त सुझावहरू समेटनका लागि हरसंभव प्रयास गर्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु