दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ शिक्षालयको बार्षिक प्रदर्शनी सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १ गते, मंगलवार ८:४१

काठमाडौं ।मध्यबानेश्वरमा अवस्थित काठमाण्डौ शिक्षालयले २०८० माघ २७ गते शनिबार वार्षिक प्रदर्शनी उत्साहपूर्ण र प्रभावकारी ढंगले सम्पन्न गरेको छ।मण्टेश्वरी देखी कक्षा ८ सम्मका विद्यार्थीहरूले विज्ञान,गणित,सामाजिक ,नेपाली विषयसँग सम्बन्धित तथा अतिरिक्त विधामा आ-आफ्नो ज्ञान-सिपको प्रयोगबाट निर्माण गरेका विविध सिर्जनाहरूलाई प्रदर्शनीमा राखिएको थियो।अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त प्रदर्शनीमा विद्यार्थी भाइबहिनीहरूले आ-आफ्नो सिर्जनाको पृष्ठभुमी,उद्देश्य र उपयोगिताको बारेमा अभिभावकहरूलाई बताएका थिए। विज्ञानका नविन सिर्जना देखी देशका भौगोलिक विविधता अनुसारको कृषी क्षेत्र र कृषी बाली, विभिन्न समुदाय र संस्कृतिका भेष-भुषा,खानेकुराको साथै नेपाली साहित्यका मुर्धन्य साहित्यकारहरुको बारेमा आफुले बुझेको कुरा प्रदर्शीनिमा उपस्थित अभिभावकहरुलाई बताउँदै गरेका स-साना बालबालिकाहरुको मुहारमा छुट्टै उमँग देखिन्थ्यो।कार्यक्रमलाई भव्यताका साथ व्यवस्थापन गरिराख्नुभएका विद्यालयका संचालक तथा शिक्षक हरि खनालले यस्ता कार्यक्रमहरुले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्यास गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राज पाण्डेले हरेक विद्यालयले सैद्धान्तिक ज्ञानको साथ-साथै यस्ता प्रयोगात्मक ज्ञानको अभ्यासमा विशेष जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो।अभिभावकको उल्लेख्य उपस्थिति र हौसलाबाट प्रेरित विद्यालयका प्राचार्य डा. नवराज आचार्य तथा सह-प्राचार्य जुलन सिंह लामाले पनि कार्यक्रम प्रभावकारी भएको र आगामी दिनमा अझै सशक्त बनाउने दृढता प्रकट गर्नुभयो। बिद्यार्थी र अभिभावकहरू गरी करिब पाँच सय भन्दा बढीले अवलोकन गरेको उक्त प्रदर्शनी निक्कै उत्साहजनक ढंगले सम्पन्न भयो भने विभिन्न विद्यार्थीहरुले यस्ता कार्यक्रमहरुले आफ्नो क्षमता प्रस्फुटन गर्न तथा आत्मबिश्वास बढाउन मद्दत पुर्याउने विचार व्यक्त गरेका थिए भने काठमाण्डौ शिक्षालयले कितावी ज्ञानको साथ-साथै ब्यबहारिक ज्ञानमा जोड दिएकोमा अभिभावकहरूले खुशी व्यक्त गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु