दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १ गते, मंगलवार ९:४६

काठमाडौं / दुर्गा प्रसाई नेतृत्वको राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

गत वर्ष सुरु भएको अभियानले एक वर्ष पूरा गरेको अवसरमा प्रसाई नेतृत्वको अभियानले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो। विभिन्न जिल्लाबाट अभियानमा सहभागी हुन आउनेलाई काठमाडौंका कीर्तिपुर कलंकी, गोंगबु, स्वयम्भू, ताहाचल, वनस्थली, चावहिल, गौशाला, भक्तपुर कोटेश्वर लगायत मुख्य ७ रुटबाट ब्यानर तथा झण्डासहित जुलुसमा सहभागी गराइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए।

जुलुस बिहान साढे ११ बजे भृकुटीमण्डपमा पुग्ने र मुख्य कार्यक्रम सुरु हुने उनले बताए। अभियानमा मिटरब्याज पीडित, लघुवित्त पीडित, बैंकको ऋण तिर्न नसकेका व्यक्तिसहित राजावादी अभियन्ताहरुसमेत सहभागी हुने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु