किङडम हिमालयनमा बास्केटबल आजदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २ गते, बुधबार ०६:३४

किङडम हिमालयन बोर्डिङ स्कुलको आयोजनामा प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोयिगता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा ३२ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पाले जानकारी गराए । सिनियर ब्वाइज र गल्र्समा समान ८–८ तथा जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहने छ ।
सिनियर ब्वाइज र गल्र्स टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने छन् । जुनियर ब्वाइजलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ । प्रत्येक समूहको शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्ने छन् । खेलहरु प्रयासनगर, टोखास्थित आयोजककै कोर्टमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु