कान्तिपुरपाटी डटकमका संचालक कविराज ढकाल लोक पत्रकारिता सम्मान २०८० बाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २ गते, बुधबार १७:२९

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य तथा कान्तिपुरपाटी डटकमका संचालक कविराज ढकाल लोक पत्रकारिता सम्मान २०८० बाट सम्मानित भएका छन।

मंगलबार चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रालि अनामनगर द्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रमा प्रमुख अतिथि गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङबाट ढकाल सम्मानित भएका हुन।

बिशाल मुमिजका अध्यक्ष तथा चर्चित गायक,सर्जक हुम गैरे सभापति र बरिष्ठ लोक गायक ईन्द्र जिसीको अवार्ड संरक्षकमा सम्पन्न भएको कार्यक्रममा पत्रकार ढकाल सगैं बरिष्ठ लोक गायक राजु परियार लगाएत नेपाली लोक संगीतमा क्रियाशिल करिब एक दर्जन अग्रज तथा अनुज स्रष्टा ,सर्जक पत्रकारलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु