दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

” पशुजन्य पदार्थ उपभाेग गराउन कार्यक्रमको आयोजना”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २ गते, बुधबार १९:३२

सिन्धुली – फागुन, २ -विद्यार्थीलाई दिवा खाजामा दूध, दुग्धजन्य पदार्थ र अण्डा वितरण कार्यक्रम श्रीपन्चमीको उपलक्ष्यमा श्री नवज्योति बहिरा मा.वि. जसेदमार, सिन्धुलीमा सम्पन्न भयो ।

उक्त कार्यक्रमकाे आयाेजक पशु सेवा कार्यालय सिन्धुली र नेपाल डेरी एसोसिएसन जिल्ला शाखा सिन्धुलीकाे समन्वयमा भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाजामा दुध, दुग्घजन्य पदार्थ तथा अन्डा  वितरण गर्दै विद्यार्थी अभिभावक सँगै सबैकाे उपस्थितिमा सरस्वती माताको पूजा एवं आरधाना गर्दै कार्यक्रम गरिएको कुरा नेपाल डेरी एसोसिएसन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले जानकारी गराए ।

कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख प्रभात न्याैपाने, नेपाल डेरी एसाेसिएसन जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बलराम अधिकारी, साेही विद्यालयका वि.व्य.स. अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा लगायत पशु सेवा कार्यालयका कर्मचारी , डेरी व्यवसायी, जनप्रतिनिधि, वि.व्य.स. पदाधिकारी , विद्यालयका प्र.अ. लगायत शिक्षक, शिक्षिका संगै अभिभावक लगायत साेही विद्यालयका विद्यार्थीहरुकाे बाक्लो उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे उदेश्य प्रष्ट पार्दै पशु सेवा कार्यालयका कार्यालय प्रमुख प्रभात न्याैपानेले दुग्धजन्य पदार्थको जानकारी सँगै उपभाेगमा वृद्धि गर्ने र विषेशत: खाद्य स्वच्छतालाई ध्यान दिंदै दैनिक उपभाेगमा दूग्धजन्य पदार्थ र माछा मासु अण्डालाई सेवन गर्नुकाे फाईदा बारे कार्यलयकाे वार्षिक कार्यक्रम अन्तर्गत याे कार्यक्रम भएकाे जानकारी गराए । त्यस्तै नेपाल डेरी एशाेसियसन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले दुग्ध जन्य पदार्थको उत्पादन र उपभाेगलाई विद्यार्थी माझ जानकारी दिंदै दुध पूर्ण खाद्य पदार्थ भएकाे हिसाबले पनि दुधलाई दैनिक सेवन गर्न विद्यार्थीहरु एवं अभिभावकलाई आग्रह गर्दै शारिरिक मानसिक वृद्धि विकासका लागि दुध र दुग्धजन्य पदार्थको महत्व बारे थप प्रष्ट पार्दै माछा मासु र अण्डालाई पनि सेवन गर्नुपर्ने कुरा बताए ।

कार्यक्रममा वडा अध्यक्ष उज्ज्वल कुमार थापाले कार्यक्रम एकदमै फलदायी, औचित्य पुर्ण, समयानुकुल सान्दर्भिक भएकाेले पशु सेवा र डेरी एशाेसियसनलाई आग्रह गर्दै यसरी विद्यालयमा कार्यक्रम आयाेजना गरेकाेमा विशेष धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुको साथै विद्यालयका शिक्षक शिक्षिकासँगै विद्यार्थीहरुले आपसमा खुसि हुँदै यस्ता कार्यक्रमकाे निरन्तरताले निकै नै फलदायी हुने कुरा बताए ।

सो विद्यालयमा बिबिध प्रकारका अपांगता भएका विद्यार्थी माझ गरिएकाे कार्यक्रमले अत्यन्तै महत्व राखेको छ । विद्यालयमा २०० जना विद्यार्थीहरु माझ पशु जन्य पदार्थ उपभाेग बारे गरिएकाे कार्यक्रममा दूध तथा दुग्ध पदार्थ, दूधपान, खिर अण्डा लगायतका सामग्री हस्तान्तरण गरिएको कुरा एसोसिएसन अध्यक्ष अधिकारीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु