आयोजक किङडम हिमालयन र ग्रिनल्यान्डले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोयिगताको सिनियर गल्र्समा बुधबार विजयी सुरुआत गरेका छन् ।
टोखाको प्रयासनगरस्थित घरेलु कोर्टमा किङडमले विल्सन एकेडेमीलाई ३१–२४ ले पराजित ग¥यो । किङडमको जितमा दावा लामाले ९ अंक योगदान गरिन् । बिहानी राईको १४ अंक सहयोगमा ग्रिनल्यान्डले भद्रकालीलाई ३०–२५ ले हरायो ।
सिनियर ब्वाइजमा विल्सनले जिनियस वल्र्डलाई ४९–३७ ले पाखा लगायो । विल्सनका अनुप मगरले १३ स्कोर गरे ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले दोहोरो जित निकाल्यो । पहिलो खेलमा भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३२–२७ ले पन्छायो । भ्याली पब्लिकका मन्दिप ढुंगेलले १४ अंक जोडे । अर्कोमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) को चुनौती ३९–२२ ले पन्छायो । विजेताका अशोक विकले १२ अंक बटुले ।
जुनियर ब्वाइजमै सेबले ह्वाइट माउन्टेनलाई २९–२२ तथा स्काइलार्कले ग्रिनल्यान्डलाई ३६–२५ ले निराश पारे । सेबका नृपेश सुनुवारले ८ अंक जोडे ।
प्रतियोगिताको अमेरिका लागि नेपाली राजदूतावासकी सेक्रेटरी स्वीकृति अधिकारी, किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पा र सह–संस्थापक कान्छीमाया शेर्पाले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्समा समान ८–८ तथा जुनियर ब्वाइजमा १६ गरी जम्मा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।