दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आईएफके कराँते सेमिनार सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ४ गते, शुक्रबार ७:१२

इन्टरनेश्नल आईएफके कराँते सेमिनार बिहीबार सम्पन्न भएको छ । तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए ।
आईएफकेका अध्यक्ष सिहान डेभिड पिकथाल नेपाल आएर प्रशिक्षण दिएका हुन् । फागुन १ गतेदेखि सुरु सेमिनारमा आईएफके नेपालका प्रमुख गणेश कक्षपती सहितका खेलाडी सहभागी थिए । सेमिनारमा फाइटिङ टेक्निक, बेसिक, बेल्ट प्रमोसन टेष्ट सहितका विधामा खेलाडीलाई प्रशिक्षण दिईएको थियो ।
सेमिनारमा आईएफके नेपालका प्रमुख कक्षपतीले फोर डान प्राप्त गरेका थिए । उनीसँगै ७ खेलाडीले बेल्ट प्रमोसनको परिक्षा दिएका थिए । सो क्रममा अनिल श्रेष्ठले थ्री डान, सरोज प्रजापति, केन्द्रकुमार श्रेष्ठ र विजय नगरकोटीले सेकेन्ड डान तथा निरोज नगरकोटी, सुमित्रा नगरकोटी, दिल बहादुर थोकर फस्ट डानमा उत्तिर्ण गरेका थिए ।
आईएफकेले यस वर्षको अक्टोबरमा बेलायतमा वल्र्ड काता च्याम्पियनसिपको आयोजना समेत गर्दैछ । आईएफके नेपालको सदस्यता लिएका खेलाडीले छनोटका आधारमा वल्र्ड काता च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने नेपाल प्रमुख कक्षपतीले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु