एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा

दिगो विकास तथा सुसाशन समितिको बैठक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ४ गते, शुक्रबार ०८:०१

राष्ट्रिय सभा, दिगो विकास तथा सुसाशन समितिको बैठक राजधानिमा सम्पन्न भएको छ । दिगो विकास तथा सुसाशन समितिको आयोजना तथा स्वाबलम्वन जीवन पद्धति केन्द्र काठमाडौंको समन्वयमा सो बैठक सम्पन्न भएको हो । अपाङ्गता भएका व्यक्तिको राजनैतिक अधिकार प्रवद्र्धन तथा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी प्रतिनिधित्वका लागि समावेशी निर्वाचन प्रणाली र सुशासनका विषयमा निर्वाचन आयोग तथा राष्ट्रिय सभा, दिगो विकास तथा सुसाशन समितिका माननिय सदस्यहरू तथा अपाङ्गता भएका व्यक्तिहरू बिच सो छलफल चलाईको हो ।
अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट स्वाबलम्वन जीवन पद्धति केन्द्र काठमाडौंबाट सहजकर्ता मनिष प्रसाईले अपाङ्गता भएका व्यक्तिको राजनैतिक अधिकारसँग जोडिएका सवालहरू प्रश्तुत गर्नुभयो । त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न संघसंस्थाबाट सहभागि भएका प्रतिनिधिहरूले अपाङ्गताका सवालमा आफ्ना धारणाहरू राख्नु भएको थियो ।
राष्ट्रिय सभा, दिगो विकास तथा सुसाशन समितिका माननिय सदस्यहरूले सो बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नका लागि सरकारले संवेदनशिल भएर लाग्नुपर्नेमा जोड दिनुहुँदै सो का लागि आफ्ना तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्नका लागि कन्ज्यूस्याईं नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो बैठकको अध्यक्षता गर्नुहुँदै राष्ट्रिय सभा, दिगो विकास तथा सुसाशन समितिका सभापति माननिय प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नका लागि बनेका कानुनी प्रावधानहरू व्यवहारिक रूपमा लागु गर्नका लागि सबैले भूमिका खेल्नुपर्ने बताउँनु हुँदै अपाङ्गता भएका व्यक्तिहरूलाई राजनितिमा सहभागिता गराउनका लागि निर्वाचन आयोग तथा संपूर्ण दलहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा उठेका निर्वाचन सम्बन्धी सवालहरूलाई संवोधन गर्नु हुँदै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननिय दिनेश कुमार थपलियाले निर्वाचनलाई अपाङ्गतामैत्री बनाउन र अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गराउने सम्बन्धमा आयोग अत्यन्तै संवेदनशिल रहेकोले समावेशी निर्वाचन प्रणालीको व्यवस्थाका लागि आयोगले आवश्यक भूमिका निर्वाह गर्ने बताउनु भयो ।
त्यसैगरी बैठकमा गृह मन्त्रालयका तर्फबाट संवोधन गर्नुहुँदै गृह सचिव दिनेश भट्टराईले अपाङ्गता भएका व्यक्तिहरू तथा अपाङ्गता सवालमा गृह मन्त्रालय अत्यन्त गंभिर रहेको जानकारी दिनुहुँदै आवश्यक भूमिका निर्वाह गर्न आवश्यक भूमिका खेल्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु