तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ज्ञानाेदय स्कुल ज्यामिरकोटमा हाजिरी जवाफ कार्यक्रम “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ४ गते, शुक्रबार २०:१९

फागुन -०४, काभ्रे, पाँचखाल- २, अनेकोट – ज्ञानाेदय स्कुलले वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरु बिच विभिन्न क्रियाकलाप संचालन गर्ने गर्दछ । हरेक हप्ता शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तरगत सम्वाद लेखन, हिसाब दौड, हिसाब सुत्र संकलन प्रतियोगिता आदि गरिने गरिन्छ भने मासिक वा चौमासिक रुपमा वार्षिक कार्यक्रम अन्तरगत पिक्निक, अवलोकन भ्रमण र अन्य कार्यक्रम गरिने गरिन्छ । यसपटक भने अन्तर सदन हाजिरी जवाफ कार्यक्रम गराइएको जानकारी विद्यालयका प्र.अ मेघनाथ अधिकारीले जानकारी गराए ।

कार्यक्रममा बाल कक्षा र एक कक्षामा पढ्ने विद्यार्थी सहभागी भएको सगरमाथा सदन प्रथम, कञ्चनजङ्गा सदन द्वितीय भयो भने कक्षा २ र ३ बाट सहभागी विद्यार्थीहरुबाट कञ्चनजङ्गा सदन प्रथम, सगरमाथा सदन द्वितीय भएको थियो । त्यसैगरी कक्षा ४ र ५ बाट सहभागी हुने विद्यार्थीबाट धौलागिरि सदन प्रथम, कञ्चनजङ्गा सदन द्वितीय भयो । कक्षा ६, ७ र ८ बाट सहभागी विद्यार्थीबाट धौलागिरि सदन प्रथम, कञ्चनजङ्गा सदन द्वितीय भएको जानकारी शिक्षक माधब नेपालले गराए।

हरेक हप्ता हुने यस्ता अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई विद्यालयमा आयोजना गरिने विशेष कार्यक्रममा पुरस्कार वितरण गरिने कुरा ब्यवस्थापन समितिका सदस्य सोकनाथ गौतमले बताए ।

प्रतियोगिताबाट विभिन्न स्थान प्राप्त गरि सफल हुने सदन र विद्यार्थीहरू एवं सहभागी सबैलाई विद्यालयको तर्फबाट बधाई तथा शुभकामना दिंदै कार्यक्रम समापन गरिएको कुरा बताउँदै यसरी विद्यार्थीहरु बिच गरिने कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोग पुग्ने कुरा ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु