दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भरतपुर मेयर कप अन्तरविद्यालय क्रिकेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ४ गते, शुक्रबार २०:३२

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले भरतपुर मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितालाई स्कुल टु वल्र्ड कप भन्ने नारासाथ अगाडि बढाउनु पर्ने बताएका छन् ।
भरतपुरमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै सदस्य–सचिव घिसिङले भने– ‘यो प्रतियोगितालाई निरन्तरता दिदै स्कुल टु वल्र्ड कप भन्ने नारासाथ अगाडि बढाउन आग्रह गर्छु ।’
सदस्य–सचिव घिसिङले यो प्रतियोगिता नेपाली क्रिकेटमा स्कुल तहमा क्रिकेटको विकासमा ऐतिहासिक पहलको थालनी भएको बताउदै आयोजक भरतपुर महानगरपालिका र साझेदार सबैलाई बधाइ दिदै आभार प्रकट गरे । उनले यो पवित्र उद्देश्यलाई आगामी दिनमा थप निरन्तरतासहित एउटा योजनासाथ अगाडि बढाउनु पर्नेमा जोड दिए ।
सदस्य–सचिव घिसिङले शुक्रबारै भरतपुर नगरपालिकाकी मेयर रेणु दाहालसहितको टोलीसंग गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पनि निरीक्षण गरेका थिए । राष्ट्रिय गौरवको आयोजनामा परेको उक्त रंगशाला निर्माण सम्पन्न गर्ने विषयमा मेयर दाहालसंग छलफल पनि भएको थियो । सदस्य–सचिव घिसिङले रंगशाला निर्माण सम्पन्न गर्न संघीय सरकारबाट लिड बजेट उपलब्ध गराउन अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै सदस्य–घिसिङले भरतपुरमा शुक्रबारैदेखि सुरु भएको ८० औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्नुका साथै भरतपुर कभर्डहलको पनि निरीक्षण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु