चलचित्र उपहारको ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ४ गते, शुक्रबार २०:५२

काठमाडौं । रेखा थापा स्टारर सोसल, रोमान्स र कमेडी ड्रामा फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा तीन मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो ।

रेखा र मुकुन भुसालबीचको प्रेम सम्बन्धलाई पनि चित्रण गरिएको छ । पुजा शर्मा,बनिशा हमाल, सुष्मा कार्की, तेज गिरी, समर्पणजंग कार्कीलाई पनि विभिन्न भूमिकामा फिचर्ड गरिएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्मलाई रेखा फिल्म्स र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको हो । सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता हुन् भने बलराम शाही ठकुरी कार्यकारी निर्माता हुन् । यो फिल्म फागुन २५ गते रिलिज हुने तयारीमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु