काठमाडौं । टेलिभिजन रियालिटी शो ‘र्याप ब्याटल नेपाल’ को सिक्किम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन सिक्किमको प्रान्तिय राजधानी गान्तोकमा शनिवार सम्पन्न भएको हो । यस रियालिटी शोको सिक्किम अडिसनमा ७३ जना नेपालीभाषि सिक्किमेलीहरुले अडिसन दिएका छन । जसबाट १२ जना अर्को चरणका लागि छनौटमा परेका छन । सिक्किममा र्यापसम्बन्धी पहिलो अडिसन भएकाले पनि सहभागीहरु उत्साही रहेको पाईएको छ ।
त्यस्तै फेब्रुअरी १९ तारिक सोमबार दार्जिलिङ अडिसन हुँदैछ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा भैरहेको ‘र्याप ब्याटल नेपाल’ एपीवान टेलिभिजनमा आगामी अप्रिलबाट प्रसारणमा आउँदैछ । नेपाली साङ्गीतिक फाँट देखी बलिउडका संगीतकर्मीहरु शोमा निर्णायक रहेका छन ।