गीति कविता : केही कुरा भन्नु थियो समय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ५ गते, शनिबार १८:१५

गोबिन्द राज ओझा-

केही कुरा भन्नु थियो समय मागेको छु

हृदयबाट चिनेको मान्छे सबै कुरा बुझेको छु

तिम्रो मुहारको कल्पना गरी बिताएको छु जीवन

धेरै चोटि खोजे मैले सबै कुरा सम्झाउन

सोधिरहन्छौ मायालुले आफ्नो रूप मलाई

यता तिर आएर जान्छौ बोलाएर मलाई

हाम्रो लागि नजिकको मान्छे हौ तिमि

आएर एक नजरले हेरिदेऊ नि

धेरै सम्मान पाउने छौ तिमीले त्यति खेर

मेरो जीवन साथी बन मेरो बारेमा सोच्ने गर

केही कुरा भन्नु थियो समय मागेको छु

हृदयबाट चिनेको मान्छे सबै कुरा बुझेको छु

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु