पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

बाँकेको कोहलपुरमा नेत्रहीन क्रिकेट खेल प्रतियोगिता सञ्चालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ५ गते, शनिबार २०:४१


५ फागुन २०८० शर्मिला विश्वकर्मा, बाँके

नेत्रहीन क्रिकेट संघ नेपालले हिजो फागुन ४ गते शुक्रवार देखि ८ गते मङ्गलवार सम्म बाँकेको कोहलपुरमा नेत्रहीन क्रिकेट खेल प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगिताको पहिलो दिनको पहिलो खेल चितवन नेत्रहीन क्रिकेट क्लब (चितवन) र कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत) बिच भएको खेलमा टस जितेर चितवनले पहिले फिल्डिङ रोजेको थियो । सुर्खेतले २ सय ३५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको अवस्थामा नवीन तामाङले १०२ र तथा दिलशारा धमलाले ३२ रनको योगदान दिएका थिए तर, चितवनले ब्याटिङमा स्विङ फर्काए पनि फिल्डिङसँगै सुर्खेतको असाधारण प्रदर्शनलाई नकार्न सकिन्न । सुर्खेत मात्र १७० रनले खेलमा विजय हासिल गर्न सफल भएको हो ।

नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को आज दोस्रो दिनको दोस्रो खेल बाँके र बर्दिया बिचमा भएको छ । बर्दियाले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । बाँकेले ४ विकेट गुमाएर १४७ रनको लक्ष्य दिएको थियो भने बर्दियाले लक्ष्य १७ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै वाकेँ माथि जित हात पारेको थियो । प्लेयर अफ दि म्याच गोपाल राठौरले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाएका थिए भने प्लेयर अफ दि म्याचको ट्रफी कोहलपुर नगरपालिका वडा अध्यक्ष कल्पना शर्माले हस्तान्तरण गर्नु भएको हो ।

दृष्टिविहीन क्रिकेट प्रतियोगिता २०२४ को दोस्रो दिनको पहिलो खेल चितवन नेत्रहीन क्रिकेट क्लब (चितवन) विरुद्ध लुम्बिनी नेत्रहीन क्रिकेट संघ, रुपन्देही बिच भएको भएको खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको थियो भने चितवनले ५९ रनको लक्ष्य दिएको थियो । उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै लुम्बिनीले ५.५ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो । लुम्बिनीको लागि अब्दुल जहित दले २४ र शम्भु पोखरेलले १८ रन बनाएपछि मात्र ५.५ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो ।

आज दोस्रो दिनको खेलमा प्लेयर अफ दि म्याच लुम्बिनीका खेम राज सापकोटा भएका छन् । उक्त नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ पहिलो दिनको दोस्रो खेल, बाँके र कञ्चनपुर बिच भएको थियो । कञ्चनपुर विरुद्ध बाँकेले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पदम बहादुर बडौलाको ११५ रन र दुर्गादत्त पौडेलको शानदार ९८ रनको सहयोगमा २७० रनको चुनौतीपूर्ण लक्ष्य राखेको थियो । डकवर्थ लुइस स्टर्न मेथड नियमानुसार अन्धकारका कारण खेल छोटाइएको
थियो भने बाँकेले २२५ रन बनाएको थियो । सो प्रतियोगितामा कञ्चनपुर ४५ रनले खेलमा विजयी भएको थियो ।

हिजो फागुन ४ गते देखि बाँकेको कोहलपुरमा सञ्चालन भएको नेत्रहीन क्रिकेट खेल प्रतियोगिता यही ८ गते सम्म सञ्चालन हुने र उक्त प्रतियोगितामा बर्दिया, रुपन्देही, सुदूरपश्चिम, सुर्खेत, चितवन र बाँके जिल्लाका ६ वटा समूहका दृष्टिविहीन क्रिकेट खेलाडीहरू सहभागी हुने कुरा आयोजक नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु