दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोयल्टीको दोहोरो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ७ गते, सोमबार ७:१४

काठमाडौं, फागुन ६ गते । आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ ।
मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले उद्घाटन खेलमा सिद्धार्थ बनास्थलीलाई २–० गोलले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ विंगु थापाले २ गोल गरे । अर्को खेलमा लोयल्टी ‘बी’ ले काभ्यालाई ९–० को फराकिलो गोलअन्तरले सहजै हरायो । विंगु थापाले ५, साहिल राईले ३ र यसुप खनालले १ गोल गरे । काभ्याका सुप्रिम केसी ‘म्यान अफ द म्याच’ घोषित भए । दोहोरो जितसंगै लोयल्टी ‘बी’ को क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
चेल्सी वल्र्ड स्कुलले मनास्लुलाई २–० गोलले पाखा लगायो । चेल्सीका दर्शित थापा र शंकर शेर्पाले समान १–१ गोल गरे । मनास्लुका निश्चल अधिकारी ‘म्यान अफ द म्याच’ चुनिए । रिलयान्स इन्टरनेसनल एकेडेमी र सिद्धार्थ बनस्थलीबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गर्दै विद्यालय खेलकुदले भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताए ।
लोयल्टीका प्रिन्सिपल विरेन्द्र कुरुम्बाङले स्थापनाकालदेखि नै लोयल्टीले विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राखि खेलकुदसंगै अन्य अत्तिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको बताए ।
लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार केदार ढुंगाना, वडा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक लोयल्टीको २ सहित १३ टिम सहभागी छन् । सोमबार समूह चरणका ६ खेल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु