गल्र्समा चाँदबागको दुवै टोली विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ७ गते, सोमबार ०७:१८

आयोजक द चाँदबाग स्कुलको दुवै टोली दोश्रो कम्फेस्टअन्तर्गत यु–१२ गल्र्स बास्केटबलमा आइतबार विजयी भएको छ ।
बाँसवारीस्थित घरेलु कोर्टमा चाँदबाग ‘ए’ ले काष्ठमण्डपलाई १४–७ तथा चाँदबाग ‘बी’ ले बाल दीक्षा सदनलाई ८–६ ले पराजित गरे । सोही स्पर्धामा रिब्सले बौद्ध इन्टरनेसनल स्कुललाई १४–४ तथा बौद्ध चिल्ड्रेन हेभनले क्याम्पियनलाई २४–२ ले हराए ।
यु–१२ ब्वाइज बास्केटबलमा बाल दीक्षाले काष्ठमण्डपलाई ६–०, होली भिजनले जेभियर इन्टरनेसनललाई ७–५, ज्ञानोदयले चाँदबागलाई ४–३ र प्यारागनले बौद्ध इन्टरनेसनललाई २०–४ ले पाखा लगाए ।
यु–१२ ब्वाइज फुटबलमा चाँदबागले अनमोल ज्योतिलाई ५–२, जेभियर इन्टरनेसनलले बाल दीक्षालाई ४–०, बोधी सदनले गुहेश्वरीलाई ३–१ र रिब्सले एलआरआईलाई ३–० ले पन्छाए । लिटिल वन्डर्स र थ्री स्टारले १–१ गोलको बराबरी खेले ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । बास्केटबलको ब्वाइज÷गल्र्समा समान १२–१२ तथा ब्वाइज फुटबलमा २२ टिम सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु