तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

साहित्यकार केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ७ गते, सोमबार ७:४५

काठमाडौं ः पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादि, काठमाडाैमा सम्पन्न कार्यक्रममा सभापतिको रूपमा सस्थाका अध्यक्ष विश्वमोहन श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथि सहरी विकास मन्त्री माननीय सीता गरुङ रहेकी थिइन । लाेकार्पणपछि कार्यक्रममा बोल्दै मन्त्री गुरुङले साहित्यिक कृति लेख्न जति गार्हो छ त्यो भन्दा धेरै गाह्रो विषय अनुसन्धानात्मक कृति निकाल्न रहेको बताइन् । सबैले जसले जे जानेको छ आआफ्नो ठाउँबाट लागिपरेमा तेह्रथुमको विकासमा ठूलो परिवर्तन आउने पनि बताइन । मन्त्री गुरुङले केशु विरहीको यस कृतिले तेह्रथुमलाई विश्वभर चिनाउनमा ठूलो सहयाेग रहने छ र यो ऐतिहासिक कृतिले अझ ठूलो इतिहास बनाउने बताईन । त्यसैगरी कार्यक्रममा प्रध्यापक डा.खगेन्द्रप्रसाद लुइटेलले यस किताबमा तेह्रथुमकाे साहित्यिक इतिहनसकाे फेहरिस्ता भएकाे बताए । इतिहास लेखन कहिल्यै पनि पूर्ण नहुने बताउदै छुठेका कुरालाई थप्दै जानू पर्ने बताए । उनले यस कृतिमा देखिएका कमीकमजाेरीलाई आैल्याइदिन पनि आग्र गरे । त्यसै गरी कार्यक्रममा आफ्नो छाेठाे टिप्पणि प्रस्तुथ गर्दै नारी श्रष्टा समाज नेपालकी अध्यक्ष तथा साहित्यकार ममता मृदुफले लेखकले यस कृतिले तेह्रथुमकाे साहित्यकाे मात्र नचएर त्यहाँ बस्ने मानिसकाे चित्र उतारेकाे बताइन् । कार्यक्रममा बोल्दै लेखक तथा अन्वेषक भगिराज इङनामले यस कृतिलाई एउटन क्याटलकका रूपमा काम गरेकाे बताए । पाठकले आफूलाई के मनपर्छ त्यहि यस पुस्तको छानेर पढ्न पाउने बताए । कार्यक्रमका सभापति तथा एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठले किताबको नामले नै धेरै कुरा बोलिसकेकाले यसका बारेमा धेरै कुरा गर्न जरुरि नभएकाे बताउदै यस पुस्तकको बारेमा समय मिलाएर चर्चा परिचर्चा कार्यक्रम राखिनु पर्ने बताए ।। लेखक केशु विरहीले भने आफूले यो कृति लेख्नकै डेढ वर्षकाे पूरै समय खर्चेकाे बताउदै थालेकाे काम सफल भएकामा खुसी व्यक्त गरे । पत्रकारसमेेत रहेका विरहीले प्रिबुकिझमार्फत सहयाेग गर्नेप्रति आभार रहेकाे बताउँदै धन्यवादकाे असली हकदार उहाँहरू रहेकाे बताए । कार्यक्रममा स्वागत मन्तव्य गजलकार बाबु त्रिपाठीले गरेका थिए ।भने कार्यक्रममको संञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु