देवु पराजुली-
तिमी बसेको देशमा त प्रजातन्त्र जवान छ होला साथी
मेरो देशमा
२००७ सालमा ७४ बर्ष अगाडी आएको प्रजातंत्र
बुढो भयो,
काम गर्न सक्तैन
निर्णय गर्न सक्तैन
मेहनत गर्न सक्तैन
सावभौम कुरा गर्न सक्छ
कार्यान्वयन गर्न सक्तैन
मेरो देशमा प्रजातन्त्र छ की छैन कुन्नि
म आफै अलमल छु
भ्रष्टाचार दिन प्रति-दिन बढेको छ,
महँगी बढेको छ
हत्या हिंसा र दुराचार बढेको छ,
गाउ शुन्य भएको छ।
स्वास्थ्य र शिक्षा व्यापारीकरण भएको छ,
हिजो स्कुल थिएन सस्कार थियो
आज स्कुल छ सस्कार छैन,
अपनत्व र माया पैसामा बेचीयो
हुदा हुदा अब त
गर्भैबाट सन्तानको नागरीकता बेचीयो
मेरो देशको स्वतंत्रता
मेरो देशको सार्वभौमिकता
अब विदेशमा खोज्न थालियों।
तिमी बसेको देशको प्रजातन्त्र जवान छ होला
मेरो देशको प्रजातन्त्र बुढो भएर बेवास्ता गरीयो।
प्रजातंत्र दिवसको बिदा
बिना उपलब्धि खेर फालीयो
प्रजातंत्रको परिभाषा फेरीयो
कार्यान्वयनको शैली फेरीयो
युवा जनशक्ति विदेश पलायन गरेर
देश रित्तो पारियों।
शुभकामना लिने पनि कोही छैन
यसैले प्रजातन्त्रको दुःख बारियो।