दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पिस प्वाइन्ट क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ८ गते, मंगलवार ६:३४

पिस प्वाइन्ट १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पिस प्वाइन्टले दोहोरो जित आत्मासात् ग¥यो । पहिलो खेलमा पिस प्वाइन्टले आयोजक लोयल्टी एकेडेमी ‘ए’ लाई ५–० गोलले हरायो । पिस प्वाइन्टका हिमाल थिङले ४ र रुपेश खड्काले १ गोल गरे । अर्को खेलमा पिस प्वाइन्टले इस्टपोललाई ६–१ गोलले हरायो । पिस प्वाइन्टका दिवस रोका र हिमाल थिङले ह्याट्रिक गरे । इस्टपोलका संस्कार सिवाकोटीले सान्त्वना गोल गरे ।
काष्ठमण्डपले नेक्ससलाई ३–० ले पाखा लगायो । काष्ठमण्डपका सुप्रिम बोहरा, सदिन प्रसाईं र ब्रम्ह बस्यालले समान १–१ गोल गरे । इस्टपोलले लोयल्टी ‘बी’ माथि ७–० को सहज जित दर्ता ग¥यो । इस्टपोलका रोनिश दाहालले ४, रोजन तामाङले २ र सोनाम तामाङले १ गोल गरे ।
ब्रम्हकुञ्जले नेक्ससलाई २–० गोलले पन्छायो । विजयी टिमका लागि एलेक्स कुँवर र सफल पन्तले समान १–१ गोल गरे । अर्को प्रतिस्पर्धामा भने ब्रम्हकुञ्जले काष्ठमण्डपसंग गोलरहित बराबरी खेल्यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु