एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

पिस प्वाइन्ट कप शुक्रबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ९ गते, बुधबार ०९:५१

पिस प्वाइन्ट बोर्डिङ स्कुलको आयोजनामा छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबरदेखि हुने छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङले जानकारी गराइन् ।
विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाड, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा ३६१ डिग्री र पेपे पिज्जा रहेका छन् । सह–प्रायोजकमा भाटभटेनी सुपर मार्केट, एस मिडिया, जेन्ट्स पार्क, क्रन्ची फ्राइड चिन, पेपर क्लाउड, केलोग्स, ललितपुर सिटी एफसीलगायत छन् ।
नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु सानोगौचरणमा हुनेछ । विगतका पाँचै संस्करणको उपाधि आयोजक पिस प्वाइन्टले नै जितेको छ । फाइनल फागुन १६ गते हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु