दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमेरिकन नागरिक अन्ना स्टिरलाइ कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८०

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार ६:४५

फलेवास पर्वत : २०८० साल फागुन ६ गते, कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक अन्ना स्टिरले पाउने भएकी छिन् ।

कालीभक्त पन्तको बत्तिसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अन्नालाई दिने घोषणा गरिएको हो । नेपाली लोक गीत/लोक दोहिरीको विधामा विद्यावारिधी (Ph. D) गरेकी, नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान, कृतिहरु प्रकाशन, लोकवार्ता र संस्कृतिको विदेशमा समेत प्रचार-प्रसार गरी अव्दितीय योगदान पुर्याएकी उनी हवाई विश्वविद्यालयको सं.रा. अमेरिकाका सहप्राध्यापक एवं सोही विश्वविद्यालयको साउथ एसियन स्टडिज (South Asian Studies) का निर्देशक हुन् ।

विगत छ वर्षदेखि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

नेपालमा रू १,०१,०००।– र विदेशमा १००१ अमेरिकी डलर राशि तथा सम्मानपत्र सहित यो पुरस्कार प्रदान गरिन्छ ।

यस अघि सत्यमोहन जोशी- (२०७५), कृष्ण कंडेल – (२०७६), तुलसी दिवस– (२०७७), प्रा. डा. चुडामणी बन्धु- (२०७८) र कुमार वस्नेत- (२०७९) लाई प्रदान गरिएको यस पुरस्कार पाउने पहिलो विदेशी नगरिक अन्ना स्टिर भएकी छिन् ।

स्मृति दिवस २०८० कै अवसरमा श्रष्टा सम्मान तथा विभिन्न विधामा स्थापित छात्रवृत्तीसमेत वितरण गरिएको थियो कुरा सँस्थाका अध्यक्ष प्रा डा पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले बताउनु भयो।

कार्यक्रम पर्वत,फलेवास स्थित रेहको प्रतिष्ठानको भवनमा भएको थियो। सोही कार्यक्रममा कालि भक्तका साइला छोरा गोविन्द प्रसाद पन्त र राइला छोरा शोभा भक्त द्वारा स्थापित छात्र बृति,कुर्घा, लिमिठाना र खाल्ले स्कुलाका जेहेन्दार बिध्यार्थीलाई बितरण गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु