दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खेलाडीलाई आहार र पोषण सम्बन्धी तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार ६:४९

काठमाडौं, फागुन १० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गरी सञ्चालन गरेको राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई आहार र पोषण सम्बन्धी तालिम प्रदान गरिएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भएको तालिममा सञ्जय महर्जनले सहभागीलाई कुन खाना कति मात्रमा खादा उपयुक्त हुने भन्ने विषयमा ज्ञान दिएका थिए ।
राखेपले खेलाडीलाई उपलब्ध गराएको खुराक खर्च सदुपयोग होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाएका छन् । उनले खेलाडीले सन्तुलित आहार सेवन गरुन् भन्ने कुरालाई मध्यनजर गरी डाइट खाने ठाउँमा गएर डाइटिसियनले अनुगमन पनि गरिरहेको बताए ।
यसअघि खेलाडीको फिजिकल टेस्ट र स्ट्रेन्थ ट्रेनिङको परीक्षण भएको थियो । अब खेलाडीको स्वास्थ परीक्षण, योगा कक्षा, मोटिभेसन कक्षालगायत सञ्चालन गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु