गीति कविता : मेरो प्रेम हृदयको पवित्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार २०:०७

गोबिन्द राज ओझा

मेरो प्रेम हृदयको पवित्र बन्धन हो

प्रेमको कहानी धर्तीमा रही रहने हो

प्रेममय क्षणको मिठो धुन बनाएर गाउनेछु

तिम्रो निश्चल प्रेम मैले चिनेको छु

म यति गहिरो प्रेममा छु

म तिमिलाई अझै माया गर्नेछु

यो धर्ती रहुन्जेल माया गरिरहनेछु

म तिमीलाई अझै माया गर्नेछु

म फेरि आउनेछु, मेरी माया

देख्ने छु मैले तिम्रै छाया

मेरो प्रेम हृदयको पवित्र बन्धन हो

प्रेमको कहानी धर्तीमा रही रहने हो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु