दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोयल्टी कपमा पिस प्वाइन्ट च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार २०:२०

पिस प्वाइन्टले १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
बूढानीलकण्ठ नगरपालिका ९ को एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा पिस प्वाइन्टले काष्ठमण्डपलाई १–० गोलले पराजित ग¥यो । पिस प्वाइन्टको जितमा रोनिक ठाकुरले निर्णायक गोल गरे । काष्ठमण्डपका अध्ययन शेरचन फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
पिस प्वाइन्टका रन्जित खड्का उत्कृष्ट गोलरक्षक, ब्रम्हकुञ्जका एलेक्स कुँवर उत्कृष्ट डिफेन्डर, काष्ठमण्डपका विशांक कार्की उत्कृष्ट स्ट्राइकर, लोयल्टी ‘बी’ का साहिल राई उत्कृष्ट मिडफिल्डर र पिस प्वाइन्टका यतीराज गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिए । प्रतियोगितभर ११ गोल गरेका लोयल्टीका विंगु थापा सर्वाधिक गोलकर्ता भए । नेपाल पुलिस स्कुलले अनुशासित टिमको उपाधि जित्यो ।
विजेतालाई फेडाप गाउँपालिका, तेह्रथुमका अध्यक्ष केशव भेटवाल, बूढानीलकण्ठ नगरपालिका वडा ९ का सदस्य रमेश गौतम, समाजसेवी शंकर आचार्य, आयोजक विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीराम क्षेत्री, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङ, व्यवसायी शंकर कार्की, लोयल्टीका विद्यालय प्रशासन प्रमुख हरिप्रसाद दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकको २ सहित १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु