दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गुहेश्वरी, बौद्ध र प्यारागनलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार २०:२३

गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो ।
बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० गोलले पराजित ग¥यो । गुहेश्वरीका तकेन्द बुढा क्षेत्री्र उत्कृष्ट खेलाडी तथा टीआईएका नोर्बु तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । टीआईएका प्राण्जल बस्नेत प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने ।
ब्वाइज बास्केटबलको फाइनलमा प्यारागनले मनास्लुलाई १६–८ ले हरायो । प्यारागनका अभिषेक घर्ती ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
गल्र्स बास्केटबलको उपाधि भिडन्तम बौद्धले चेल्सी वल्र्ड स्कुलको चुनौती १४–१२ ले पन्छायो । बौद्धकी जस्मिन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ बनिन् ।
विजेतालाई यु–१६ राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक चक्रबहादुर तामाङ, चाँदबागका अध्यक्ष दामोदर लामिछाने, सीजी एडुकेसनकी बिज्नेस युनिट हेड गर्ली अग्रवाल, सीजी एडुकेसनका शैक्षिक प्रमुख भुषण गुरुङ, प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज÷गल्र्स बास्केटबलमा समान १२–१२ तथा फुटबलमा २२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु