अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार २०:२९

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन– ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु