चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार २०:३७

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्मको मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतमा एसडी योगीको संगीत, दिल्लु चम्लागाईंको शब्द रचना, योगी र विज्ञानी पराजुलीको स्वर समावेश छ । युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा बान्तवा राईको नृत्य निर्देशन छ ।

बाँसुरी फिल्म्सले कबड्डी फिल्म्स तथा सुष्मा फिल्म्ससँग मिलेर यसको निर्माण गरेको हो । फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु