दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्केटिङ रेसमा ज्ञान संस्कार च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १३ गते, आईतवार ८:४५

काठमाडौं, फागुन १२ गते । आयोजक ज्ञानसंस्कार इन्टरनेसनल स्कुलले प्रथम अन्तरविद्यालय स्केटिङ रेस प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा ज्ञान संस्कार ३ स्वर्ण, ४ रजत र ३ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । सामाखुशीस्थित आयोजककै हातामा भएको प्रतियोगितामा २ स्वर्ण र २ रजतसाथ राजश्री गुरुकुल दोश्रो भयो । तेश्रो स्थानको विल्सन एकेडेमीले २ स्वर्ण र ३ कांस्य पदक हात पा¥यो ।
प्रतियोगितामा २४ विद्यालयका १८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई नेपाल रोलबल एसोसियसनका प्रमुख वीरकृष्ण महर्जन, रोलबल एसोसियसनका उपप्रमुख रमेश गौतम, लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष राजेन्द्र महर्जन, वरिष्ठ प्रशिक्षक सुनिल दागा पाटिललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले उद्घाटन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु