एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’मा उपभोक्ताको भीड, मेला फागुन २९ गतेसम्म चल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १४ गते, सोमबार १९:०९

काठमाडौँ, १३ फागुन । उपभोक्ताको चाहनाअनुसार प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ को मेला अवधी बढाइएको छ ।

नेपाली जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको भीड लाग्न थालेपछि मेला अवधी बढाइएको हो ।

यसअघि फागुन १८ गतेसम्म मेला सञ्चालन हुने भनिएपनि उपभोक्ताको चाहनाअनुसार मेलाको समयअवधी थप गरिएको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिनुभयो ।

मेलाको आज २५ औँ दिनसम्म आइपुग्दा ३५ हजारभन्दा बढी ग्राहकले अवलोकन गरेका छन् । मेला आयोजक सविन कार्कीले उद्योगी र उपभोक्ताहरु बिच सिधै जुत्ताचप्पल खरिद बिक्री भएको हुँदा उपभोक्ताले कम मुल्यमा गुणस्तरीय जुत्ता पाएको बताउनुभयो ।

“हामीले डिलर, डिष्ट्रिब्युटर र पसललाई दिने कमीसन सबै उपभोक्तालाइ दिएका छौ, आम उपभोक्ताले मौकाको फाईदा उठाउन सक्छन्,”– उहाँले भन्नुभयो ।

नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उदेश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताउनुभयो ।
मेलाको शुरुमा भन्दा अहिले उपभोक्ताको भीड बढ्दै गइरहेको मेला संयोजक दिवाकर गिरीले बताउनुभयो । जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाईन राखिएको छ ।

उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रन शुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् । मेलामा रु तीन करोड बराबरको जुत्ताचप्पल विक्रि हुने लक्ष्य मेला आयोजकले राखेको छ । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिएको व्यवसायीहरु बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु