भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिसीमा प्रशिक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १५ गते, मंगलवार ०८:०४

काठमाडौँ, फागुन १४ गते दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)को १४ औँ संस्करणको तयारी सुरु भएको छ ।
कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुनेछ । आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले सोमबार तेक्वान्दो मास्टर्सद्वय अमुल गोर्खाली र तेक्वान्दो मास्टर नेत्रबहादुर घर्ती मगरले अमेरिकाको पोर्टल्यान्डमा रहेको युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडबाट सहभागी हुने आयोजक टिमका खेलाडीहरुलाई दुई दिनको विशेष प्रशिक्षण दिनुभएको जानकारी दिनुभयो । प्रशिक्षकद्वयले पुम्से, स्पाइरिङ, ग्यारोगी विधाका साथै निर्णायकहरुलाई नयाँ स्कोरिङ सिस्टमबारे पनि ज्ञान दिनुभएको थियो ।
सिक्स डान घर्तीमगर प्रतिष्ठित दुई तेक्वान्दो प्रतियोगिता युएस ओपन र क्यानाडा ओपनमा खेलेर हलिउड तेक्वान्दो स्कुलबाट सहभागी हुने प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिन पोर्टल्यान्ड आउनुभएको हो । घर्ती मगरले विगत दस वर्षदेखि युएइको अबुधाबीमा रहेको बाराउडी स्पोर्ट्स क्लबमा तेक्वान्दो सिकाउँदै आउनुभएको छ । यसैगरी अर्का प्रशिक्षक गोर्खाली इभरेस्ट तेक्वान्दो मिचिगनका डिरेक्टर पनि हुनुहुन्छ ।
आइओएफटिसीका निर्देशक महर्जन तथा महासचिव केरेन ब्लाकलेजले दुई दिने ट्रेनिङ क्याम्पको समापन कार्यक्रममा गोर्खाली र घर्तीमगरलाई स्पेशल अवार्ड प्रदान गर्नुभयो ।
अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।
आइओएफटिसीको १४ औँ संसकरणमा सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरिएको छ ।
प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु