नविता टोयोटाको सद्भावना दूत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १६ गते, बुधबार १२:३९

काठमाडौं ।लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मङ्गलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे । सम्झौता एक वर्षको रहेको छ । सम्झौता अनुसार नविताले टोयोटाका विभिन्न जनचेतना जगाउने कार्यक्रममा साथ दिने छिन् ।
निर्देशक वैद्यले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’ को अवधारणा अनुरुप नवितासंग सहकार्य गरेको जानकारी दिए ।
नविताले टोयोटाले आफूलाई सद्भावना दूत नियुक्त गरेकोमा गौरवान्वित भएको बताउदै आफूले टोयोटासंग मिलेर महिला सशक्तीकरणमा काम गर्ने बताइन् ।
एनओसीका अध्यक्ष श्रेष्ठले टोयोटा ओलम्पिकको विश्वव्यापी साझेदार भएकोले यस सम्झौतामा एनओसीको मध्यस्थकर्ता भूमिका रहेको जानकारी दिदै यो साझेदारीले नेपाली खेलकुद तथा खेलाडीहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु