स्वस्तिश्री ‘ए’ सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १७ गते, बिहीबार ०७:५८

आयोजक स्वस्तिश्री गुरुकुल ‘ए’ तेश्रो एसजी अन्तरविद्यालय ब्वाइज फुटसल प्रतियोगिताको यु–१४ उमेरसमूहमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्वस्तिश्रीले काठमाडौं विद्याकुञ्जलाई ४–१ गोलले पराजित ग¥यो । सोही स्पर्धामा रिब्सले न्यु एरालाई १–०, ग्यालेक्सीले स्वस्तिश्री ‘बी’ लाई १–० र एक्सेल्सियरले सेक्रेड हार्टलाई टाइब्रेकरमा ३–२ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा एक्सेल्सियरको भेट स्वस्तिश्री ‘ए’ संग हुनेछ भने ग्यालेक्सीले रिब्सको सामना गर्ने छ ।
यु–१६ मा सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनल स्वस्तिश्री र निसर्ग वाटिका तथा पाठशाला र पारामाउन्टबीच हुनेछ ।
यु–१२ मा ब्राइट फ्युचर, सेक्रेड हार्ट, ब्रम्हकुञ्ज, स्वस्तिश्री ‘ए’ र ‘सी’, नाम्स र रिब्सले क्वाटरफाइनल यात्रा तय गरे । निसर्ग वाटिका र युरोबीच हुने खेलले क्वाटरफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लगाउने छ । बिहीबार हुने उक्त खेलमा जित हात पार्ने टोलीले क्वाटरफाइनल स्थान बनाउने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु