दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अपाङ्गता भएका महिलाहरुको ३ दिने प्रथम सम्मेलन काठमाडौंमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १९ गते, शनिबार १४:४८


१९ फागुन २०८० शर्मिला विश्वकर्मा, काठमाडौ

अपाङ्गता भएका महिलाहरुको प्रथम सम्मेलन यही फागुन १८ गते देखि काठमाडौंमा भैरहेको छ । दलित महिला संघ नेपाल, राष्ट्रिय आदिवासी अपाङ्ग महिला संघ नेपाल (निडवान) Disability Rights Fund , पहिचान नेपाल र नेत्रहिन महिलासंघ नेपालको संयुत्त आयोजनामा काठमाडौं भैरहेको अपाङ्गता भएका महिलाहरुको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय स्वतन्त्र पाटीको तर्फबाट प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो । यस कार्यक्रमकोलाई सम्बोधन गर्दै उहाँले सबै नागरिकहरुका सवालहरुलाई मानव अधिकारको सवालको रुपमा सम्बोधन गरिनु पर्ने, अपाङ्गताका सवालहरुलाई विशेष प्राथामिकता दिनु पर्ने बताउदै अपाङ्गता भएका महिला तथा व्यक्तिहरुका मुधाहरुलाई संवोधन गर्नका लागि राज्यलाई झक्झक्याउने र अपाङ्गता भएका व्यक्तिहरुका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताचउनु भयो । साथै उहाँले अपाङ्गताका सवाल पहिचानको विषेशता रहेको कुरामा पनि जोड दिनु भयो ।
यसै क्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले अपाङ्गता भएका महिलाहरुको न्यायको लागि राज्यले जिम्मा लिनु पर्ने, उनीहरुका लागि काम गर्न लैङिगक तथा उत्तरदायी बजेट बिनियोजन गर्नु पर्ने, उनीहरु माथि हुने हिंसा र दुर्वयवहार रोक्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनु पर्ने बताउनु भयो । यसै क्रममा उहाँले हिंसा र दुर्व्यवहार भए पछि न्यायका लागि प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने कुरामा जोड दिदै अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले बनाएका ऐन कानु तथा नीतिहरुलाई पूर्ण रुपमा कार्यन्वयन गराउनका लागि सबै एक जुट भएर अगाडी बढ्नस पर्ने बताउनु भयो ।
काठमाडौंमा भैरहेको अपाङ्गता भएका महिलाहरुको प्रथम सम्मेलनको उद्घाटनका क्रममा साझेदारी आयोजक संस्था , राष्ट्रिय आदिवासी अपाङ्ग महिला संघ नेपाल (निडवान) की अध्यक्ष प्रतिमा गुरुङ्गले सबै प्रकारका अपाङ्गता भएका महिलाहरुका सवालहरु जटिलता रहेको, अपाङ्गता भित्र पनि उनीहरुको विविधतालाई सबैले स्वीकार गर्नु पर्ने भन्दै उनीहरुका सवालहरुलाई संवोधन गर्न सबै निकायहरु जिम्मेवार हुनु पर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गताको सवाल मानविय विविधताको सवाल रहेको भन्दै राज्य तथा अन्य सरोकारवाला निकायहरुले अपाङ्गताको विविधतालाई स्वीकार गरी राज्यका प्रत्येक निकायमा उनीहरुका सवालहरुलाई पूर्ण रुपमा संवोधन गरिनु पर्ने बताउनु भयो ।
यसै क्रममा अर्का साझेदारी संस्था Disability Rights Fund का अधिकृत कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिहरुका लागि बनेका UNCRPD, अपाङ्गता अधिकार ऐन, नियमावलीहरु पूर्ण रुपमा कार्यन्वयन गरेर देश भरी रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको सेवा सुविधाअरु उपलब्ध गराउन सबै लागि पर्नु पर्ने भन्दै उनीहरुलाई मुलधारमा ल्याउनका लागि, उनीहरुको हक अधिकार सुनिश्चत गर्न Disability Rights Fund ले काम गर्दै आएको र राष्ट्रिय स्तरमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रवर्धनका लागि सहयोग गरेको बताउनु भयो । आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रवर्धनका लागि सम्बन्धीत निकायहरुसँग सहकार्य गरेर काम गर्ने बताउनु भयो ।
त्यसै गरी अर्को आयोजक संस्था दलित महिला संघकी संस्थापक अध्यक्ष तथा अधिकारकर्मी दुर्गा सोपले महिला भित्र पनि समानताका कुराहरुलाई उठाउनु पर्ने, महिला भित्रको विविधतालाई स्वीकार गर्दै राज्यका हरेक निकायहरुमा अपाङ्गता भएका महिलाहरुको अर्थ पूर्ण सहभागिता गराउनको लागि सबै लागि पर्नु पर्ने भन्दै अपाङ्गतामा पनि लैङिगकताका सवालहरुलाई अगाडि सार्नु पर्ने यसको लागि आफ्नो तर्फबाट सधै सक्दो सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी दलित महिला संघकी अध्यक्ष कला स्वार्णकारले अपाङ्गता भएका महिलाहरुको यस ३ दिने प्रथम सम्मेलनमा अपाङ्गता भएका महिलाहरुका विभिन्न सवालहरुमा छलफल गरिने भन्दै अपाङ्गता भएका महिलाहरुलाई पनि राज्यको मुल प्रवाहीकरणमा ल्याउन सबैले साथ सहयोग गर्नु पर्न र आफ्नो संस्था मार्फत पनि सक्दो प्रयास गर्दै आवश्यक सहयोग गर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गता भए व्यक्तिहरुलाई विकासको मुल प्रवाहमा समावेश गर्न आवश्यक रहेको कुरामा जोड दिनु भयो ।
अपाङ्गता भएका महिलाहरुको यो ३ दिने प्रथम सम्मेलन फागुन १८ गते देखि २० गते सम्म ३ दिन काठमाडौंमा हुने छ । यसमा ७ वटै प्रदेका अपाङ्गता भएका महिलाहरुको सहभागी रहेको छ भने उनीहरु यो ३ दिनमा अपाङ्गता भएका महिलाहरुका अति आवश्यक विषयमा छलफल गरी घोषणा पत्र तयार गरिने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु