एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

आमा नेप्लिज कुजिनलाई बेस्ट न्यु रेस्टुरेन्ट अवार्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २० गते, आईतवार ०५:४५

काठमाडौँ — क्यानडाको क्यालगरी,एबीस्थित व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माद्वारा सञ्चालित Aama Nepalese Cuisine रेस्टुरेन्टले हालसालै “Calgary’s Best New Restaurants 2024-Avenue Calgary अवार्ड प्राप्त गरेको छ ।

निकै सकारात्मक सोचका धनी सेफ ज्ञानेन्द्रले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको Aama Nepalese Cuisine, जहाँ
प्राकृतिक तथा शान्त वातावरण, आकर्षक मेनु नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेको छ ।

आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा दुई दशक देखि सकृय सेफ ज्ञानेन्द्रले ह्याट रिजेन्सी, हिल्टन होटल्स, फेयरमन्ट होटल्स, शेरेटन, मेरियट र मिलेनियम होटल्स जस्ता बहुराष्ट्रिय होटल चेनहरूमा सेफको रुपमा काम गर्ने अबसर प्राप्त गरेका छन।

घुमफिर र खानाप्रतिको प्रेमले उनलाई विश्वभर लग्यो जहाँ उनले भियना,अस्ट्रियामा आफ्नो पाक कला डिप्लोमा गरे र धेरै देशहरूमा पनि काम गरे। युरोप, उत्तरी अमेरिका र मध्य पूर्वमा खानाको गुणस्तर कायम राख्ने कुरामा ध्यान दिएर खानाको तयारी, मेनु योजना र कार्यान्वयनमा आफ्नो विशेषज्ञता कुशलतापूर्वक प्रदर्शन गरेका छन्।

पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर-१२,मोरङमा जन्मिएका सेफ ज्ञानेन्द्र एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुन । हाल उनि जिबन संग्गिनी तारा पौडेल र छोराछोरीका साथमा सपरिवार अहिले क्यालगरी एबी क्यानडामा बसोबास गर्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु