पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २० गते, आईतवार १३:२३

काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनको धोको’ जस्ता गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । नेपालबाहिर अमेरिकामा बस्दै आउनुभएकी आचार्यले सबै प्रकारका गीत गाउँदै आउनुभएको छ । ‘सबै खालका गीत गाउन मनपर्छ । मायाप्रेमका गीत, आधुनिक र लोक फ्युजन भएका गीत अलिक बढी गाएकी छु’, उहाँ भन्नुहुन्छ ।

https://www.youtube.com/watch?v=CYPYXy_Pzzw

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु