दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए शुद्धिकरणको लागि हाम्रो लडाई जारी छ: आर के शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते, मंगलवार ७:२१

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले गैर आवासीय नेपाली संघ शुद्धिकरणको लागि आफ्नो लडाई जारी रहने बताएका छन्।

एक प्रश्नको जवाफमा अध्यक्ष शर्माले सोमबार नेपालमा भएको सत्ता समीकरण परिवर्तनले संघभित्र शुद्धिकरणको लागि जारी लडाईलाई कुनै असर नपर्ने बताए।

कांग्रेस, माओवादीको गठबन्धन भत्किएर एमाले, माओवादीको नयाँ गठबन्धन बनेपछि एनआरएनएमा जारी विवादमा के कस्तो असर पर्ला भन्ने आकलन भै रहेको छ। तर अध्यक्ष शर्माले आफू राजनीति भन्दा पनि सामाजिक कामका लागि एनआरएनएमा लागेकोले यसको पवित्र उद्देश्यमा कहिल्यै घात नगर्ने बताए ।

शर्माले आफ्नो लडाईं विधि र पद्धतिको लागि भएको भन्दै आफूले अहिलेको टिमलाई कहिल्यै पनि धोका नदिने बताए । ‘११ औं अधिवेशनका बेला सिस्टमको पालना भएको भए वा संस्था कब्जा नगरेर स्वच्छ र निष्पक्ष चुनाव भएको भए अहिलेको अवस्था आउने नै थिएन’ उनले भने ।

११ औं महाधिवेशनमा सिस्टम नै कब्जा गरेर योजनाबद्ध रुपमा धाँधली गरिएको भन्ने उजुरीहरु परे पछि नेपाल सरकारद्वारा गठित छानबिन समितिले अहिले छानविन गरिरहेको छ । अब छानविन समितिको रिपोर्ट आउने बेला सत्ताको राजनीतिलाई जोडेर एनआरएनएको विषयलाई नगिजोल्न उनले सबैलाई आग्रह गरे ।

गलतलाई गलत प्रमाणित गर्नका लागि आफ्नो निरन्तर खबरदारी जारी राख्ने बताउँदै शर्माले बुधबारसम्म एक भर्चुअल बैठक बसेर सबै कुरा साथीहरुलाई प्रष्ट पार्ने पनि बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु