सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते, बुधबार ०५:०४

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘पुष्पकमल दाहाल प्रचण्ड’ नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितकासँग नयाँ समीकरण बनाएका थिए ।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिसँगै प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु