डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

ब्लोदानद्वारा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते, बुधबार २१:१६

काठमाडौं, २३ फागुन । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आयोजना गरेको छ । ब्लोदानले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आगामी फागुन २६ र २७ गते आयोजना गरिएको जानकारी गराएको हो ।
दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा ललितपुर, भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा हुने बताइएको छ । साथै, संघसंस्थाहरुको महासंघ (आइएफबिडिओ) का अध्यक्ष अब्देलमलेक साया पनि उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । ब्लोदानका अनुसार उक्त सम्मेलनमा भारत र अन्य देशका गरी १८ जना विदेशी प्रतिनिधिहरु सहभागी रहनेछन् ।
साथै, विभिन्न स्थानीय क्लब, संघ–संस्था, तथा व्यक्तिहरु गरी लगभग ३ सय जनाको सहभागिता रहने बताइएको छ । ब्लोदानले रगतको सोधभर्ना दिनुपर्ने, दान गरेको रगतको शुल्क तिर्नुपर्ने, समयमै रगत नपाउने, रगतको भण्डारणमा समस्या उत्पन्न हुने, दक्ष जनशक्ति र उपकरणको अभाव हुने आदि समस्यालाई न्यूनीकरण गर्नका लागि राष्ट्रिय रक्तसञ्चार नीतिलाई समयानुकूल परिमार्जन एवं व्यवस्थित गर्नु अबको थप चुनौती रहेको बताएको छ ।
ब्लोदानका केन्द्रीय उपाध्यक्ष तथा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रचार प्रसार उपसमितिका संयोजक राजेश श्रेष्ठले रक्त सञ्चार सेवामा सुधार ल्याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए ।
ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले आफूहरु निरन्तर रक्तदान अभियानमा रहेको बताए । विरामीको उपचारमा रगतको अभाव नहोस् भनेर आफूहरुले नेपाली रक्तदाताहरुलाई अभिप्रेरित गर्ने प्रयास जारी राखेको बताए । ब्लोदान गैरनाफामूलक संस्था भएको उनले बताए । ब्लोदानले २०७० जेठ ३० र ३१ गते प्रथम अन्तर्राष्ट्रिय रक्त सम्मेलन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु