एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

आज फाल्गुण २४ गते बिहीवारको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २४ गते, बिहीबार ०६:०१

आज – २४ फाल्गुण २०८० बिहिवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोबारमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्याका आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । शैक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममा पनि सफलता पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक क्षेत्र कमजोर नै होला । चुनौतीको सामना र स्वास्थ्यमा समस्या आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल हुनेछ । प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा नै हुनेछ । घरपरिवारको भेटघाटले मन प्रसन्न पनि रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साँझमा भने खर्च बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्र भने कमजोर नै रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अग्रज व्यक्तिको सहयोग मिल्नेछ । पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्ला, तर अनावश्यक बाहिर ननिस्केकै जाती । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु