उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

नेपालमै पहिलोपटक MRCP UK PACES परीक्षा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २५ गते, शुक्रबार ०५:५९

नेपालमै पहिलो पटक ःMRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । परीक्षा फागुन २२, २३ र २४ गते तीन दिनसम्म चलेको थियो । Federation of the Royal Colleges of Physicians ले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिएको हो ।
परीक्षामा ४० जना परीक्षार्थीहरु सहभागी भएका थिए जसमा नेपाल, बंगलादेश, मलेसिया, भारत र टर्कीबाट चिकित्सकहरुको सहभागिता रहेको थियो । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १२ जना परीक्षकहरुको उपस्थिति रहेको थियो ।
ँभमभचबतष्यल या तजभ च्यथब िऋयििभनभक या एजथकष्अष्बलक या तजभ ग्लष्तभम प्ष्लनमयm का प्रतिनिधिहरू डा. तन्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. फियोना क्लार्र्क, डा. सत्यन राजभण्डारी र डा. ग्राहम करी परीक्षा निरीक्षणका लागि आएका हुन् ।
युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सीप परीक्षण गरिन्छ । यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्ने पेसेस परीक्षा नेपालका लागि प्रमुख निरीक्षक तथा नेपाल मेडिसिटी अस्पतालका सिनियर कन्सल्टेन्ट डा. नीरज जोशीले बताए । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए जसको माध्यमबाट परिक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।
ःच्ऋए ग्प् चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ ।
यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।
यो परीक्षा हुनुभन्दा अगाडि ँभमभचबतष्यल या तजभ च्यथब िऋयििभनभ या एजथकष्अष्बलक, ग्प् ले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षाको पूर्व अभ्यास पनि सञ्चालन गरिएको थियो । परीक्षकहरुलाई तालिम दिई परीक्षा सञ्चालन गर्न सक्ने बनाएपछि मात्र यो परीक्षा नेपालमा गरिएको हो ।
हाल धेरै चिकित्सकहरूले यो परीक्षा लिन र ःच्ऋए ग्प् योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा त्यस्ता सबै चिकित्सकहरूलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बनेको छ ।
नेपाल मेडिसिटीमा ःच्ऋए एब्ऋभ्क् परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्नेछ । यसले लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु