दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आर्मी र प्रहरीलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २६ गते, शनिबार ५:३७

काठमाडौं, फागुन २५ गते । नेपाल आर्मी र नेपाल प्रहरीले कबड्डी सुपर लिगको उपाधि शुक्रबार जितेका छन् । आर्मी पुरुष तथा प्रहरी महिलामा च्याम्पियन बनेका हुन् । पुरुष÷महिला दुवैको फाइनलमा एपीएफ क्लब चुक्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले एपीएफलाई ३४–२४ ले पराजित ग¥यो । प्रहरी तेश्रो भयो ।
नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताअनतर्गत महिलाको उपाधि भिडन्तमा प्रहरीले एपीएफलाई ४१–२८ ले हरायो । उपत्यका टोली तेश्रो स्थानमा रह्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको पुरुषमा आर्मीका प्रदीप मिजार र महिलामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक संघकी अध्यक्ष तुलसी थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको पुरुषमा ४ तथा महिलामा ३ टिमले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु